Logo

तत्काल सरकारमा सहभागी हुँदैनौं : अध्यक्ष नेपाल



काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।

उनले रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टी तत्काल सरकारमा सहभागी नहुने कुरा बताएका हुन्।

उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ थियो।

(तस्बिर : मुकुन्द कालिकोटे)



प्रतिक्रिया दिनुहोस्