काठमाडौं, माघ १ । सरकारले रेमिटेन्स प्रवाहको हिसाब गर्दा भारत कतारपछि दोस्रोमा देखाउँछ । तर त्यही रेमिटेन्स पठाउने श्रमिक भारतमा कति छन् सरकारी तथ्यांकमा उल्लेख छैन ।
सरकारी अधिकारीहरु नेपाल र भारतबीच सीमा खुला भएको कारण देखाउँदै तथ्यांक राख्न नसकिने लाचारी प्रकट गर्दछन् ।
सरकारले सबै ठुला नाकाहरुमा ‘इमिग्रेसन’ कार्यालय खोलेको अवस्थामा दुई मुलुकबीच आवातजावत गर्ने नागरिकको तथ्यांक राख्न नसक्नुले कार्यालयहरुको औचित्यमा प्रश्न उठेको छ । यी कार्यालयहरुले अहिले छिटफुट रुपमा भारतीयको र बाँकी तेस्रो मुलुकबाट आउने पर्यटकको तथ्यांक राख्दै आएका छन् ।
सरकारले भारतबाहेक अन्य श्रम गन्तव्यमा जाने श्रमिकका लागि विभिन्न प्रकारका श्रमस्वीकृति जारी गरेर त्यसअनुसार तथ्यांक राख्दै आएको छ । आजको कारोबार दैनिकबाट




प्रतिक्रिया