Logo

चीनमा कोरोनाका कारण एक महिनामै ६० हजारको मृत्यु



एजेन्सी । चीनमा कोरोनाका कारण करिब ६० हजारको मृत्यु भएको छ।

गत डिसेम्बर ८ देखि जनवरी १२ तारिखसम्म कोरोनाका कारण ५९ हजार ९३८ जनाको अस्पतालमा मृत्यु भएको हो।

राष्ट्रिय स्वास्थ्य आयोगको मेडिकल प्रशासनिक ब्यूरोका प्रमुख च्याओ याखोइका अनुसार कोरोनाकै कारण ५ हजार ५०३ र पहिलेदेखि नै दीर्घरोग भएका ५४ हजार ४३५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको हो। यो अवधिमा मृत्यु हुनेमा सबैभन्दा धेरै वृद्धवृद्धा र दीर्घरोगी रहेका चिनियाँ समाचार संस्था सिन्हाले जनाएको छ।

‘यो समय वृद्धवृद्धामा श्वासप्रश्वास र हृदयघातलगायतका रोगको जोखिम हुने मौसम हो। यसकारण पनि कोरोनाको कारण मृत्यु हुनेको संख्या तुलनात्मक रूपमा बढेको छ। हामीले वृद्ध बिरामीहरूलाई जोगाउन र जीवन बचाउनलाई बढी महत्व दिइरहेका छौं,’ उनले भनिन्।



प्रतिक्रिया दिनुहोस्