Logo

विमान दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त, काठमाडौं एयरपोर्टमा दुर्घटनाको विवरण बुझ्दै



काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन् ।

सो क्रममा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि विमानस्थलमा पुगेका छन् । दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot