Logo

विमान दुर्घटनापछि यतीले निकाल्यो विज्ञप्ती



काठमाडौं, १ माघ । आज काठमाडौंबाट पोखराजाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना भएपछि विमान कम्पनी यती एअरलाइन्स प्रालि प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ।

‘आइतबारका दिन बिहान काठमाडौंबाट पोखराको लागि १०:३२ बजे उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जानकारी गराउँदछौं। वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका छन्। ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन्। जसमा, ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन्।’ यस्तै विज्ञप्तीमा भनिएको छ, ‘विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको थिय । विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थलस्थित उद्धार टोली तथा नेपाल प्रहरीको टोलिसहित उद्दार कार्य भइरहेको जानकारी गराउँदछौं।’



प्रतिक्रिया दिनुहोस्