प्रधानमन्त्री प्रचण्ड बालकोटमा


काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल विस्तारका बारेमा छलफल हुने बताइएको छ । साथै, प्रधानमन्त्री प्रचण्डले आज ओली निवास बालकोटमै लन्च गर्ने बताइको छ । आजको भेटमा ओली–प्रचण्डबीच सभामुख, उपसभामुख लगायतका पद बाँडफाँडमा पनि छलफल हुने छ ।