Logo

बालुवाटारमा मन्त्रालयको भागबण्डा टुँगो लाग्यो, नयाँ मन्त्रीहरुको सपथ भोलि १ बजे



काठमाडौं, २ माघ । सत्ता गठबन्धनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। सोहीअनुसार आज साँझदेखि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुँगो लगाएको हो । मन्त्रालयको भागबण्डामा सहमति जुटेको बैठकमा सहभागी रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

भोलि नै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ । भोलि दिउँसो १ बजेको लागि नयाँ मन्त्रीहरुको सपथ राखिएको छ । स्रोतकाअनुसार एमालेले ८ मन्त्रालय पाएको छ । सरकारको नेतृत्वको गरेको नेकपा (माओवादी केन्द्र) ले भने थप ४ वटा मन्त्रालय पाएको छ।

रास्वपाले तीन र राप्रपाले पनि तीन मन्त्रालय पाएको छ । जसपाले भने २ मन्त्रालय पाएको छ । सरकारमा क कसलाई पठाउने भन्नेबारे दलहरुले आन्तरिक निर्णय गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot