Logo

उपेन्द्र यादवले भने : हामीलाई अपमान गरियो, सरकारमा जाँदैनौं



काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नहुने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,”हामी सरकारमा जाँदैनौं । हामीलाई अपमान गरियो । एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीच मात्रै मन्त्रालय बाँडफाँड भयो, हामीलाई अपमान गरियो ।”

आज साँझ बालुवाटारमा बसेको ५ घण्टा लामो छलफलमा मन्त्रालय भागबण्डाको सहमति भएको हो । जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपाले ३, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले १ मन्त्रालय लिने सहमति भएको थियो ।

तर, जसपाको भागमा वन र ज्येष्ठ नागरिक मन्त्रालय परेको चर्चा छ । यादवले भने आफूहरुलाई सबैले छोडेको मन्त्रालय दिएकोले सरकारमा नजाने निर्णय सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot