Logo

ओलीनिवास धाउँदै प्रधानमन्त्री दाहाल



काठमाडौं, माघ ३। । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन् ।

एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन् ।

पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि पुस २७ गते मन्त्रिपरिषद् विस्तारसहित विषयमा छलफल गर्न भन्दै दाहाल ओलीनिवास पुगेका थिए ।

पुस २८ गते नै मन्त्रि–परिषद्लाई पूर्णता दिँदै कार्यविभाजन गर्ने दुई नेताबीच पूर्वसहमति भएको थियो । तर दाहाल र ओलीबीच मन्त्रालय भागबन्डा र कार्यविभाजनमा सहमति जुट्न सकेन । र, अर्को बैठक गर्नेगरी दुई नेता बालकोटबाट उठेका थिए ।

त्यसबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर मन्त्रिपरिषद्सहित विषय टुंगो लगाउन दाहाल सोमबार बिहान फेरि ओलीनिवास बालकोट पुगेका थिए । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot