Logo

नवनियुक्त शिक्षामन्त्री खनालका चुनौती र अवसर



काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ ।

शिक्षामा २० प्रतिशत बजेट व्यवस्था गरेर होस् वा सामुदायिक विद्यालयलाई स्मार्ट बनाएर । विगत पाँच वर्षदेखि चर्चामा रहेको संघीय शिक्षा ऐन ल्याएर शिक्षाका प्रशासनिक र प्राविधिक समस्या समाधान गरी शिक्षामा आमूल परिवर्तन गर्नु आवश्यक छ ।

विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य गरेर उच्च शिक्षाको सुधार गर्नु उहाँको चुनौती हो । त्यति मात्र होइन हरेक वर्ष उच्च शिक्षा अध्ययनको नाममा कक्षा १२ पास गरेलगत्तै हजारौं विद्यार्थी विदेशीने प्रवृतिको अन्त्य गर्नु मन्त्रीको प्राथमिकतामा पर्नुपर्छ ।

नयाँ पार्टीका युवा नेता र नयाँ जोशका साथ शिक्षा मन्त्रालयको पदभार सम्हाल्दा उहाँको अनुहार खुसी थियो । २३ वर्षअघि स्थापना गरेको टिच फर नेपालका संस्थापक मन्त्री खनालले आफ्नो संस्थाले सक्षम शिक्षक उत्पादन गर्दा गरेको योगदान अब नेपालको सामुदायिक विद्यालयमा गर्नुपर्छ । आजको नेपाल समाचारपत्र दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्

Screenshot