अन्तत: कांग्रेसबाट न्यौपाने सभामुखकी उम्मेद्‍वार


काठमाडौं, ४ माघ । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेद्‍वारी दिने भएकी छिन्।

उनलाई आज बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो।

कांग्रेसको यो निर्णयसँगै न्यौपाने मनोनयन दर्ताका लागि संसद्‍ भवन जाँदैछिन्।

कांग्रेसलाई सभामुख निर्वाचनमा एकीकृत समाजवादी, जसपा, लोषपा र नागरिक उन्मुक्तीले सहयोग गर्ने सम्भावना रहेको छ।