Logo

गैरआवासीय नेपालीका मागप्रति सकारात्मक छौँ : उपप्रधानमन्त्री लिङ्देन



काठमाडौं, ४ माघ । उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देनले आफू गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षत्रय रविना थापा, बद्रि केसी र कुल आचार्यसहितको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् ।

संघले हालसम्म गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा उपप्रधान मन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री लिङ्देन लाई ज्ञापनपत्र बुझाएको हो ।

भेटका क्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापा, अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा संघले लामो समयदेखि उठाउँदै आएका माग पूरा गर्न मन्त्री लिङ्देनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री लिङ्देनले गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको भन्दै तिनलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए। नेपालको उर्जा आर्थिक तथा अन्य सबै क्षेत्रमा पनि गैरआवासीय नेपालीलाई सहभागी गराउँदै अघि बढ्ने उनको भनाई थियो ।

भेटका अवसरमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ, सचिव खगेन्द्र न्यौपाने, प्रवक्ता सोम सापकोटा, युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व) अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot