काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुख चयनका लागि बैठक सुरु भएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले ११ बजेदेखि बसेको बैठकले आज नयाँ सभामुखको टुगों लगाउनेछ।
सभामुख चयनका लागि हिजो मनोनयन दर्ताको कार्यतालिका रहेको थियोभने आज निर्वाचन हुनेछ।
सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेद्वार रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्वार रहेका छन्।




प्रतिक्रिया