सभामुखमा घिमिरेलाई मतदान गर्न माओवादीको ह्वीप


काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्तागठबन्धनका उम्मेद्‍वार रहेका एमालेका देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको बताए।

सभामुख चयनका लागि हिजो मनोनयन दर्ताको कार्यतालिका रहेको थियोभने आज निर्वाचन हुनेछ।

सभामुखका लागि सत्ता गठबन्धनबाट घिमिरे उम्मेद्‍वार रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्‍वार रहेका छन्।