Logo

अहिले राष्ट्रियता खतरामा छ : अधिवक्ता रमण श्रेष्ठ



काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अहिले मूलक ठीक तरिकाले नचलेको टिप्पणी गरेका छन् । बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले राष्ट्रियता खतरामा रहेको बताएका हुन् ।

‘अहिले मूलुक ठीक तरिकाले चलेको छैन । राष्ट्रियता खतरामा छ । बजेटको २५ प्रतिशत व्याज तिर्नमा लाग्छ । बजेटको ६० प्रतिशतभन्दा बढी रकम कर्माचारीलाई तलब खुवाउन लाग्छ । जो प्रधानमन्त्री भएपनि जनताको जनजीवनलाई परिवर्तन गर्ने खाल्का कार्यक्रम छैनन् । नेपाल श्रीलंकामा जस्तै आर्थिक संकट घोषणा हुने ठाउँमा पुगेको छ,’ उनले भने ।

गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुले राष्ट्रियता र जनताका जनजीविकाको मुद्धालाई विशेष प्राथमिकता दिनुपर्ने पनि उनको धारणा छ । साथै उनले गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको प्यानललाई जितको शुभकामना दिए ।

ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीको उम्मेदवारी चयनमा समावेशिताको मुद्धालाई ध्यान विशेष ध्यायन दिइएको उनको दाबी छ ।

लतितपुर बार एशोसियनको निर्वाचनमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीबाट अध्यक्षमा राम श्रेष्ठ, उपाध्यक्षमा बाबुकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता शेर्पा, कोषाध्यक्षमा रमेश कुमार महर्जन लगायत १५ सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर बार एशोसियनको निर्वाचन माघ ७ गते हुँदै छ । कार्यक्रममा नेपालबार एशोसियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्व राष्ट्रियसभा सदस्य रामनारायण विडारी, पूर्वन्यायाधीवक्ता मुक्ति नारायण प्रधान, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot