Logo

हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौं, कुभलो गर्दैनौं : ओली



काठमाडौं, ६ माघ । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकीहरुको लागि असल छिमेकी हुन चाहेको बताएका छन् । र, उनले आफूहरुले कहिल्यैपनि छिमेकीको कुभलो नगर्ने स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) पार्टीको परराष्ट्र विभागले आयोजना ‘नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले देशको हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध राखिने स्पष्ट पारे ।

ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने पनि स्मरण गराए । उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल प्रतिवद्ध रहेको दोहोर्याए । सो क्रममा उनले आफ्नो देशको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्