Logo

एक्शनमा उत्रिए गृहमन्त्री लामिछाने, एमाले सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन



काठमाडौं, ६ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ज्यान मुद्दा लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिँदा कोइरी पनि बैठकमा उपस्थित् रहेर मत दिएका थिए । त्यतिवेला गृहमन्त्री लामिछानेको आलोचना भएको छ ।

भोलिपल्ट पुष २७ गते राप्रपाले आयोजना गरेको पृथ्बी जयन्तीमा सहभागी हुने क्रममा गृहमन्त्री लामिछानेमाथि पत्रकारहरुले सो विषयमा प्रश्न गरेका थिए । उनले आफूले कोइरीलाई नदेखेको जवाफ दिएका थिए । तर, आफूले पछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिएको भन्ने जवाफ दिएका थिए । यो विषयमा उनको धेरै आलोचना भएपछि अहिले उनी एक्शनमा उत्रिएका छन् ।

मन्त्री लामिछानेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएका छन् । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्