सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक


काठमाडौं, माघ ७ । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्। ​घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा अहिले बिहान ११ बजे गर्नेगरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका हुन्।

घिमिरेले सभामुख निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो। उनी गत बिहीबार सभामुख निर्वाचित भएका हुन्।