Logo

लैंगिक समानता महिला जनप्रतिनिधिहरुको भुमिकाबारे अन्तरक्रिया



बखतियार अलि/सर्लाही,माघ ८ । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा कबिलासी नगरपालिकाका वडाअध्यक्ष तथा वडा सदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ।

माण्डवी सर्लाहीको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त आइतवार उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुले महिला जनप्रतिनिधिलाई कार्यक्षेत्रमा सघाउन के-कस्तो भुमिकाहरु खेल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।साथै उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र कर्तव्यका बारेमा अन्तरक्रिया गरिएको थियो।

उक्त कार्यक्रममा रमा पौडेलले पुरुष जनप्रतिनिधिले महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न तथा आफ्नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने, एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा सहजिकरण गरेका थिए।

सो कार्यमा आफुहरुको पुर्ण साथ र सहयोग रहने पुरुष जनप्रतिनिधिहरुले प्रतिबद्धता समेत गरेका थिए। माण्डवीको सहजिकरणमा मधेस प्रदेशको सर्लाहीसहित वारा, रौतहट, महोत्तरी र धनुषा जिल्लाका २८ पालिकाहरुमा महिला नेतृत्व कार्यक्रम संचालन भैरहेको र यस परियोजनाले मुख्यत कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागीताका लागी समग्र नेतृत्व क्षमता सुदृढ गर्ने उद्देश्य लिएको माण्डवीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठको अध्यक्षतामा मलंगवा-९ स्थित नवरंग होटलमा सम्पन्न भएको कार्यक्रममा माण्डवीका प्रतिनिधि लगायत कबिलासी नपा अन्तर्गतका १० वटा वडाका वडाअध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot