Logo

बुद्धले बेच्यो २५ वर्ष पुरानो जहाज



काठमाडौं, माघ ९ ।  बुद्ध एयरले साढे दुई दशक पुरानो जहाज बिक्री गरेको छ। बुद्धले २५ वर्ष पुरानो बिचक्राफ्ट ‘बी १९०० डी’ जहाज बिक्री गरेको हो। यो जहाज १९ सिटे हो।

अहिलेसम्म ७५ हजार उडान अवतरण भएको जहाज क्यानडाको कम्पनीलाई बिक्री गरेको कम्पनीले जनाएको छ। बिक्री गरिएको विमान उडान योग्य अवस्थामै रहेको बुद्ध एयरले जनाएको छ।

नेपालमा १५ वर्ष पुराना विमान ल्याउन नमिल्ने कानुनी व्यवस्था भए पनि क्यानाडाको कम्पनीले जहाज किनेको छ। क्यानडाबाट आएका प्राविधिकले जहाज उडानका लागि योग्य भएको भन्दै खरिद गरेका हुन्।

दुई साताभित्रमा विमान क्यानडा लैजाने तयारी छ। बी १९०० डी विमानले १९९७ सेप्टेम्बरमा पहिलो उडान भरेको थियो। यो जहाज नेपाली आकाशमा ७५ हजार पटक उडान अवतरण गरेको कम्पनीले जनाएको छ। सन् १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याइएको बिचक्राफ्ट जहाजको नेपाली दर्ता नम्बर ‘नाइन एन-एईई’ रहेको छ।



प्रतिक्रिया दिनुहोस्