Logo

राष्ट्रिय युवा संघद्वारा आन्तरिक पर्यटन प्रवर्धन गर्न भक्तपुरमा ‘हाइकिङ्ग’



भक्तपुर, माघ ९। आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा सोमबार बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले सूर्यविनायक नगरपालिका क्षेत्रका डाँडाहरु आफैमा भ्यू टावर रहेको चर्चा गर्दै यहाँबाट देखिने काठमाडौं उपयत्यकादेखि हिमाली दृश्यहरु निकै मनमोहन रहेको बताए।

रातोपाटीबाट सुरु भएको पर्यटन पदयात्रा एवं हाइकिङ्ग अनन्त कुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यू टावर, होमस्टेहुदै रिसाल डाँडा पुगेर पहिलो चरणको पदयात्रा सम्पन्न गर्न सकिने बताए । अनन्त कुण्डको ऐतिहासिक एवं धार्मिक महत्व माथि प्रकाश पार्दै उनले राजा अंशु बर्माले आफ्नो रानी बिरामी हुँदा यहीको पानी लगेर छर्किए पछि निको भएको किम्वदन्ती रहेको सुनाए । उनले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा यहीँ कुण्डको पानी लगेर हालेको ऐतिहासिकताबारे समेत प्रष्ट पारे ।

उनले यहाँको पर्यटन विकास र सिढी निर्माणका लागि, सडक निर्माणका लागि आफू सांसंद हुँदा बजेट ल्याएर सुरुवात गरि पूर्णता दिलाएको बताउदै यस क्षेत्रको मुख्य आधार धार्मिक पर्यटनको रुपमा बिकास गरेर लैजाने बताए । रातोपाटीबाट यहाँका जंगल सफारी गर्दै जंगली जनावर, चराचुरुङ्गी हेर्दै ग्रामिण परिवेश नियाल्दै अगौनिक खानेकुरा खादै हाइकिङ्ग गर्ने सकिने यो क्षेत्रसँगै उनले सूर्वियनायकमा धेरै ठाउँबाट पदमार्ग निर्माण गरेर जंगल सफारी गर्न सकिने बताए ।

सूर्यविनायकबाट घ्याम्पे डाँडा, रानीकोट, बाघ भैरब, माने भञ्याङ्ग, पनौती कुशादेवीसम्म जान सकिने, सूर्यविनायकबाटै रिसालडाँडा हुदै तयस भन्दा माथि पोखरी थुम्का अर्को गन्तव्य र त्यहाँ भन्दा पनि माथि लाकुरी भञ्याङ्गहुदै फूलचोकी पुग्न सकिन्छ । कार्यक्रममा वाग्मति प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र बिकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएकाले त्यसलाई पुरा गर्ने बताए।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नोल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्यलाई पहिचान दिदै आन्तरिक पर्यटकको आकर्षण थप्न सकिने बताए। पदयात्राका क्रममा मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रबाट १७ हिमशृंखला र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्