Logo

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सञ्चारमन्त्री शर्मालाई बुझायो ज्ञापनपत्र



काठमाडौं, ९ माघ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सञ्चारमन्त्री रेखा शर्मालाई समसामयिक माग राखेर ज्ञापनपत्र बुझाएको छ। आज (सोमबार) सिंहदरबारस्थित् सञ्चार मन्त्रालय पुगेर एशोसिएशनका पदाधिकारीले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।

समितिका अध्यक्ष टंकप्रसाद हुमागाईँको नेतृत्वमा टोलीले आज ज्ञापनपत्र बुझाएको हो । उनीहरुले अघि सारेका मागमा सेवाबाट निवृत्त हुन चाहने अतिरिक्त हुलाक कमर्चाचारीलाई उचित उत्पादन र अन्य सेवा सुविधासहित विदा गर्नुपर्ने , मूल्य वृद्धिको अनुपातमा तलब वृद्धि गर्नुपर्ने, प्रक्रिया पुर्याई स्थायी र बढुवाको व्यवस्था गर्नुपर्नेलगायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot