Logo

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी



एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराती भएको खेलमा पीएसजी छैटौं श्रेणीको पाएस डी कासेललाई ७-० गोलको फराकिलो अन्तरबाट हराउँदै अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।

यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् । एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्