Logo

तमिलनाडूमा क्रेन खस्दा ४ जनाको मृत्यु, ६ घाइते



एजेन्सी । भारतको तमिलनाडू राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दर्घटना भएको हो । दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ ।

‘हिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक दुर्घटना भएको थियो। सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएका थिए’, प्रहरी अधिकारीले बताएका छन् । घाईते मध्ये थप एक जनाको सोमबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र मृतकको संख्या चार पुगेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब एक हजार पाँच सय मानिस उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस्