Logo

ओली बालुवाटारमा, मिशन राष्ट्रपति



काठमाडौं, १० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाललाई भेट्न ओली आज बालुवाटार पुगेका हुन् । उनीहरुबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बुझिएको छ ।

मन्त्रिपरिषद् विस्तार गर्नुअघि मात्रै दुई नेताको भेटवार्ता भएको हो । एमाले र माओवादीबीच सरकार गठनअघि नै महत्वपूर्ण पद बाँडफाँडमा सहमति जुटेको चर्चा छ । उक्त सहमतिअनुसार अब राष्ट्रपति पनि एमालेले पाउने भएको हो ।

एमालेले राष्ट्रपतिमा कसलाई अघि सार्छ भन्नेबारे सबैको चासो बनेको छ। ओलीले भने आफ्नो दलले अघि सार्ने उम्मेदवारबारे यसअघि नै माईण्डसेट गरेका छन् । एमालेभित्र राष्ट्रपति बन्न इश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्यले रुचि देखाएका छन् ।



प्रतिक्रिया दिनुहोस्