Logo

चन्द्र भण्डारीको दाबी–‘अब सिंगो कांग्रेसको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ’ (भिडियोसहित)



काठमाडौं, १० माघ । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अब सिंगो कांग्रेसको नेतृत्व डा. शेखर कोइरालाले गर्ने बताएका छन् । हिजो (सोमबार) जनता टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कांग्रेसको नेतृत्वमा रहेका पार्टी सभापति शेरबहादुर देउवा उमेरका कारण कमजोर हुँदै गएको बताउँदै अब सिंगो कांग्रेसको नेतृत्वका लागि शेखर कोइरालालाई अगाडि ल्याउनु पर्ने बताएका हुन् ।

‘हामी मुलुक बनाउन सकिन्छ कि, यो मुलुक कांग्रेसबाट बन्छ कि भनेर लागेका मान्छे हौं । यो शेर बहादुरजीको विरुद्धमा खनिने बेला पनि होइन । शेखर कोइरालाले सानो गुटको नेतृत्व गर्ने बेला पनि होइन । नेपालको परिस्थिति यस्तो बन्यो- कांग्रेस आफ्नै कारणले कमजोर बन्यो । त्यसबाट हामीले बाहिर निकाल्न पर्यो । हामीलाई नेतृत्व गरिरहनु भएका नेताहरु पनि उमेरका कारण कमजोर हुँदै जानुभयो । अब, हामीले सिंगो कांग्रेसको नेतृत्व गर्ने हो । शेखर कोइरालाले सिंगो कांग्रेसको नेतृत्व गर्ने हो । हिजोझैं दुईचार जना केटालाई राखेर ग्रुपको नेता बनेर अब नेता बनिँदैन,’ उनले भने ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत फिर्ता लिने कुराको छलफल पार्टीको कुनै बैठकमा नभएको उनले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्