Logo

‘सुदूरका लागि ‘पढाइ, कमाइ र दवाइ’ अभियान’



काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान सुरु गर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावलले सुदूरपश्चिमको समृद्धिका लागि पढाइ, कमाइ र दवाइका साथै पानी, खानी र जवानीलाई बाहिर ल्याउने अभियान सुरु गरिने बताए।

विभिन्न प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने उनले प्रतिबद्धता व्यक्त गरे।

सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको बताउँदै उनले केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरे।

व्यक्तिगत पद र स्वार्थका लागि आफूले राजनीति नगरेको बताउँदै उनले अबको पाँच वर्षको कार्यकाल प्रदेशका जनताको हितमा लगाउने पनि उनले बताए।

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै उनले काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने स्षप्ट पारे।



प्रतिक्रिया दिनुहोस्

Screenshot