Logo

सभामुखको जिम्मेवारी चुनौतीपूर्ण : नेता पौडेल



काठमाडौं, १० माघ । सभामुखको जिम्मेवारी चुनौतीपूर्ण रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद चुनौतीपूर्ण रहेको उनले बताए।

उनले भने, ‘सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ। पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ। कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई सभामुखले कौशलता देखाएर सम्बोधन गर्न जरुरी छ।’



प्रतिक्रिया दिनुहोस्