Logo

स्पट फिक्सिङ प्रकरण : १० जनाको संलग्नता पुष्टि



काठमाडौं, १० माघ । नेपाल टी-२० क्रिकेटको स्पट फिक्सिङमा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगसँग जोडिएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको पुष्टि गरेको छ।

आज पत्रकार सम्मेलन नै गरी ४ जना नेपाली र ६ जना विदेशीको संलग्नता रहेको सीआईबीले जनाएको हो। नेपालीमा १ जना खेलाडी नै संलग्न रहेको सीआईबीले जनाएको छ। त्यस्तै व्यवस्थापकको भूमिकामा रहेका ४ जना विदेशीमध्ये १ जना खेलाडी र अर्को एक जना बाहिरी व्यक्ति रहेका छन्।

यसमध्ये २ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा महबुब आलम र आदिल आलम रहेका छन्।



प्रतिक्रिया दिनुहोस्