Logo

स्पट फिक्सिङमा क्यानको संलग्नता देखिएन सिआईबी (विज्ञप्तीसहित)



काठमाडौं, १० माघ । केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ (क्यान) को संलग्नता नदेखिएको स्पष्ट पारेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै सीआईबीले हालसम्म आयोजक क्यानको संलग्नता नभएको बताएपनि अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा नेपाल टी–ट्वान्टी लिगको मुख्य आयोजक क्यानको संलग्नता नदेखिएको स्पष्ट पारे । उनले भने,‘हामी यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं ।’ हिजोमात्रै प्रहरीले फिक्सिङको आरोपमा दुई जना क्रिकेटरलाई पक्राउ गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्