Logo

बाजुरामा भूकम्प– एक महिलाको मृत्यु



काठमाडौं, १० माघ । बाजुृरामा भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्न गएकी जमुना रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको थियो । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । भूकम्पको धक्काबाट पुगेको अन्य क्षतिको विवरण आउन बाँकी छ ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्