Logo

हरिवंशले खरिद गरे बीवाईडीको एट्टो–३



काठमाडौं, १० माघ । बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य बिजुली गाडी खरिद गरेका छन् । आचार्यले आज (मंगलबार) ९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार खरिद गरेका हुन् । उनी उक्त ब्राण्डका दूत समेत बनाएको छ । आचार्यले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन इभी रोजेको बताएका छन् ।

एट्टो–३ खरिदपछि आचार्यले धेरै इलेक्ट्रिक गाडी आउने हो भने ऊर्जाको सदुपयोग हुने बताए । एट्टो–३ इलेक्ट्रिक कारमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त दुईवटा ब्याट्री रहेका छन्, जसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्

Screenshot