Logo

बागमतीको भागबण्डा मिल्यो, एमाले र माओवादीलाई ४, राप्रपालाई ३ मन्त्रालय



काठमाडौं, ११ माघ । बागमती प्रदेशका मन्त्रालयको भागबन्डा मिलेको छ।

स्रोतका अनुसार नेकपा माओवादीले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउदाँ एमालले ४ मन्त्रालय पाउने भएको छ।

यस्तै सत्ता साझेदार अर्को दल राप्रपाले भने ३ मन्त्रालय पाउने सहमति भएको बताइएको छ।

मन्त्रालयको संख्यामा सहमति भएपनि कुनकुन मन्त्रालय कुनकुन दलले पाउनेबारे सहमति भने नभएको स्रोतले जनाएको छ।

बुधबार दिउँसोसम्म बाँकी मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्