Logo

स्याङ्‍जामा फुटबल चलिरहदाँ हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित



काठमाडौं, ११ माघ । स्याङ्जामा फुटबल खेल चलिरहेको बेला हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित भएका छन्। पाइलट रनेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले निलम्बन गरेको हो।

कति समयका लागि निलम्बन गरिएको बारे केही नखुलाएपनि उनी हाल घाइतेभएर उपचाररत रहेको र राम्रो भएपछि पाइलट डंगोलमाथि अनुसन्धानगरी आवश्यक कारवाही गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी रहेको एक कर्मचारीले बताए।

प्रभु एयरको हेलिकप्टर लगेर पोखराबाट स्याङ्जा पुगेका पाइलट डंगोलले कुनै अनुमति बिना अवतरण गरेको पाइएको थियो।

(फाइल तस्बिर)



प्रतिक्रिया दिनुहोस्