Logo

राष्ट्रपतिमा एमालेबाट उम्मेदवार बन्छ भन्ने कुनै ग्यारेन्टी छैन् : रघुवीर महासेठ (भिडिओसहित)



काठमाडौं, ११ माघ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपतिबारे एमाले–माओवादीबीच अहिलेसम्म कुनै सहमति नभएको खुलासा गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एउटा कुरा तपाईँलाई म क्लियर कट कुरा गरिदिउँ, अहिलेसम्म त्यस्ता कुनै सहमति भएको छैन् । तर, स्वभाविक छ, ७९ सिट हामीसँग छ । ३२ सिट नेकपा माओवादी केन्द्रसँग छ । उहाँहरुलाई हामीले प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा पठाएका छौं । हो, हामी दाबेदारी त गर्न सक्छौं । तर, निर्णय भइसकेको छैन् । किन ? म तपाईँलाई भनिदिउँ, हामी जे पनि निर्णय गर्छौं, भोलि एमालेबाट नै राष्ट्रपतिमा जान्छ भन्ने कुनै ग्यारेन्टी छैन् । त्यसैले ७ दल बसेर, सरकारमा जाने घटकहरु बसेर छलफल गरेर, जे निर्णय हुन्छ, त्यसअनुसार एमाले जान्छ । तर, यसबारेमा निर्णय नभएपनि हामी राष्ट्रपति माग गर्छौं ।’

उनले सरकारमा जाने दलहरुबीच सहमति भएर अरु दलबाट राष्ट्रपतिमा दाबी गर्ने सहमति भयो भने आफूहरु त्यसलाई मान्न तयार रहेको स्पष्ट पारेका छन् । राष्ट्रपतिमा एमालेकै उम्मेदवार हुन्छ भनेर किटान गरेर अध्यक्ष केपी शर्मा ओलीले नबोलेको पनि उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्