Logo

बागमती प्रदेश : नवनियुक्त मन्त्रीहरुले लिए शपथ



काठमाडौं, ११ माघ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

आजभएको मन्त्रिपरिषद्‍ विस्तारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रालय कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी राजु बिष्टले पाएका छन्।

यसअघि प्रदेश मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा उद्धव थापाले जिम्मेवारी पाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्