Logo

नागरिकता पुनः प्राप्तिको कार्यविधि पुरा नगर्दैमा विदेशी नागरिक भन्न मिल्दैन–सरकारी वकिल



काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा अन्तिम सुनुवाइका लागि बहस भइरहेको छ । अहिले रिट निवेदकको तर्फबाट पाँच जना अधिवक्ताले बहस गरिसकेका छन् भने सरकारी वकिलको बहस जारी रहेको छ ।

गृहमन्त्री लामिछानले नागरिकता पुनः प्राप्तिको प्रकृया पुरा नगरेको सरकारी वकिलहरुले स्वीकार गरेका छन् । तर, नागरिकता पुनः प्राप्तिका लागि कार्यविधि पुरा नगरेकै आधारमा रबिलाई विदेशी नागरिक भन्न नमिल्ने सरकारी वकिलहरुको जिकीर छ ।

गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रकृया पुरा नगरेको भन्दै उनको सांसद पद खारेजको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

सरकारको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि पुरा गर्नुपर्ने प्रकृया सारवान नभएर के कार्यविधिगत व्यवस्था भएको जिकिर गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्