Logo

अहिलेका गृहमन्त्री कुर्सीमा बस्न कत्तिपनि लायक छैनन् : अनेरास्ववियू



काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन(अनेरास्ववियू)ले अहिलेका गृहमन्त्री रबि लामिछाने कुर्सीमा बस्न कत्तिपनि लायक नभएको जनाएको छ।

केन्द्रीय कमिटी पदाधिकारीको बैठकले आज विभिन्न निर्णय गर्दै अहिलेका गृहमन्त्री कुर्सीमा बस्न कत्तिपनि लायक नभएको जनाएको हो।

अनेरास्ववियूले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘अहिले सरकारका मन्त्रीहरु बहुरुपी र बहुरङ्गी देखिन्छन्। कोही मन्त्रीहरु संघीयता खारेजीको वकालत गर्दछन्। कोही मन्त्रीहरु काम र परिणाम भन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित देखिन्छन्। हत्या अभियोग लागेका अपराधीहरु संसदीय अभ्यासमा सहभागी भईरहन्छन तर आफ्नै नागरिकता सम्बन्धि प्रश्न उठेका गृहमन्त्री बालहटको चिच्चाहट गरिरहन्छन्। उनलाई शान्ति सुरक्षाप्रति जवाफदेही बन्नु छैन। राज्यलाई जनउत्तरदायी बनाउनु छैन। मात्रै वक्तव्यवाजी र कुर्सी चाहिएको छ। नालायक ढंगले गृहमन्त्रीको कुर्सीमा बस्न अहिलेका गृहमन्त्री कत्ति पनि लायक छैनन्।’

यस्तै बैठकमा मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको स्वागत गर्ने, मंगलबारमात्रै आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलगायतका विषयमा विभिन्न निर्णय भएको अनेरास्ववियूले जनाएको छ।

हेर्नुस् विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्