Logo

भारतको ७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार : कसले के भने ? (भिडिओसहित)



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको बीचमा रहेका समस्या पनि हल गरिनुपर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लब नेपालले भारतको ७५औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आज (बुधबार) आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘भारतले भोलि आजादिका अमृत्त महोत्सव मनाउने भनेको छ । यो सुखद अवसरमा भारत सरकार र भारतीय जनतामा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाल–भारत सम्बन्ध बहुआयामिक छ। वैदिक, सनातन, धर्म र संस्कृतिमा गहिरो सम्बन्ध छ । जहाँ प्रगाढ सम्बन्ध हुन्छ, त्यहाँ समस्या पनि अन्तरनिहीत छ । राजदूतको रुपमा मैले काम गर्दा, २ वर्ष मैले भुकम्प र नाकाबन्दीको बेलामा अप्ठ्यारो अवस्थामा कुटनीतिक सेवा गर्ने मौका पाएँ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारतलाई पनि नेपालको अत्यन्तै ठूलो साथ र सहयोग रहेको उल्लेख गरे । उनले भने,‘उनीहरुको उद्योग र व्यवसायमा हाम्रो योगदान छ । भारतीय सेनामा हाम्रा नेपालीहरु छन् । भारतको स्वतन्त्रताको आन्दोलनमा पनि हाम्रा नेताहरुको प्रत्यक्ष संलग्नता थियो । चन्द्रशखेरले सधैं भन्नुहुन्थ्यो–नेपालको ऋणबाट भारत कहिल्यै ऋणमुक्त हुन सक्दैन् भनेर । भारतको सुरक्षाको लागि नेपाली युवाहरुले रगत बनाएका छन् । त्यसको ऋण चुक्ता गर्न सक्दैनौं भन्नुहुन्थ्यो ।’

भारतजस्तो देश नेपालको छिमेकी हुन नेपालको सौभाग्य भएको पनि उनले उल्लेख गरे । ‘नेपालको लागि सुखद कुरा हो, दक्षिणतर्फ सबभन्दा ठूलो जनसंख्या भएको देश भारत छ । उत्तरतर्फ चीन छ । आर्थिक प्रगति हाँसिल गरेका भारत र चीन छन् । यसलाई नेपालले सही सदुपयोग गर्नुपर्छ ।’–उनले भने ।

उनले कुटनीतिमा सधैं राम्रो राम्रो मात्रै कुरा हुने सुनाए । उनले भने,‘कुटनीतिमा कहिल्यैपनि नमिठो कुरा हुँदैन् । नेपाल र भारतका बीचमा सिमा विवाद छ । पानीको बहुउपयोगको बारेमा पनि समस्या छ । पानीको सही उपयोग भयो भने वरदान हो । हामीबीच धेरै समस्या छन् । यस्ता समस्या भारत र बंगलादेशको बीचमा पनि छन् । नेपालको बारेमा सिमा समस्या समाधानको लागि बैठक नै बस्न नसक्नु दुःखद् हो । भारतले नेपालको उर्जा लिनुपर्छ । अनावश्यक विवाद हटाउने कुरा त्यहाँ पनि उठेका छन् । बंगलादेशमा पावर संकट छ । भुटानमा त्यस्तै छ । नेपालको पावरलाई बंगलादेशमा लैजानको लागि बिमस्टेकलगायतका विभिन्न फोरममा भारतको पुर्ण प्रतिबद्धता छ ।’

उनले दुई देशबीच भएका समस्या समाधान गर्दा ‘कोही नहार्ने र कोही नजित्ने’ बाटो खोज्नुपर्ने सुझाव दिए । उनले भने,‘अब छलफल गर्नुपर्छ । हिजो भुकम्पको बेलामा पनि नेपाल उठ्नुपर्छ भनेर भारतीयहरुले भनेका थिए, नाकाबन्दीको बेलामा पनि भारतीय चिन्तित थिए । नेपालको बारेमा नाकाबन्दीको समयमा संसद्मा छलफल भयो । सुष्मा र मोदीजीको सदासयताबाट नाकाबन्दीको समस्या समाधान भएको थियो । भारतको उदार दृष्टिकोणको आवश्यक छ । भारत र नेपाल सरकारले यस्तो काम नगरुन, ताकी एक–अर्काको देशका जनताको मन दुःखोस ।’

उनले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेगरि काम गर्नुपर्ने बताए । त्यसको लागि भारतले नेपालको विजुलीको लागि बजारको सहजीकरण गरिदिनुपर्ने उनको भनाई छ । उनले भने,‘भाषणा गरेर भन्दापनि वार्तामा बसेर समाधान गर्नुपर्छ । नेपाल र भारतका अपेक्षाको बारेमा बुद्धिजिवीस्तर, मिडियास्तरबाट पनि कुरा उठाउनुपर्छ । नेपालका सबै दलबाट प्रधानमन्त्री भैसकेका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरु सबै पदमा पुगेको व्यक्ति हुनुहुन्छ । हाम्रो सम्बन्ध नयाँ आयामसहित अघि बढाओस । भारतबाट सकारात्मक पहल होस ।’

नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उनले भने,‘नेपाल–भारत सम्बन्धको कुार गर्दा, भोलि भारत स्तवन्त्र भएको ७५औं वर्ष हो, नेपाल र भारतको सम्बन्धको कुरा गर्दा हामी नजिकका छिमेकी हौं । अरुसँग तुलना गर्ने ठाउँ छैन् । संस्कृति, आर्थिक, सामाजिक, धार्मिक यी सबै हिसाबले हामी नजिक हौं । हाम्रा धेरै पक्ष राम्रा हुादाहुँैदैपनि कतिपय पक्ष मिलाउनुपर्छ । पूराना विषय समाधान गरेर जानुपर्छ । नयाँ विषय पनि थपिएको छ । इतिहासले छोडेको विषय, हामीले समाधान गर्ने प्रत्यत्नपनि गर्यौं ।’

दुई देशबीचका समस्या समाधानको लागि गठित इपिजीले प्रतिवेदन तयार पारेर बुझाउन खोज्दापनि भारतले नबुझेकोमा भने गुनासो पोखे । उनले भने,‘इपिजीको प्रतिवेदन लिन भारत हिच्किचायो । त्यो प्रतिवेदनले धेरै विषयलाई सम्बोधन गरेको थियो । प्रतिवेदन तयार पारेको पाँच वर्ष पुग्दापनि भारतले बुझ्न आलटाल गर्यो । समस्या समाधान गर्न प्रयास गरौं भनेका छौं । भारतीय राजनीतिक नेतृत्व, बौद्धिक नेतृत्व, नीति र निर्माणमा रहेकाहरले यस्तो विषयमा सहमति गरेर अघि बढेका विषयमा अब पर्खिएर बस्नुहुँदैन् ।’

भट्टराईले दुई देशबीच कतिपय पूराना विषय वार्ताको टेबुलमा बसेर टुँगो लगाउनुपर्ने पनि सुनाए । उनले भने,‘पूरानो विषय त छँदै छन्, नयाँ विषय पनि छन् । व्यापार घाटाको विषय छ । यो कुराको पनि सम्बोधन गर्नुपर्छ । व्यापार घाटा कम चाहीँ वस्तु उत्पादन गरेर हुँदैन् । हाम्रो अहिले भनेको विद्युत उत्पादन हो । यो भारत निकासा गर्दा व्यापार घाटा कम गर्न सकिन्छ । अहिले हामीले २००० देखि २२ सय मेगावाटसम्म उत्पादन गर्न सकेका छौं । पारस्परिक सहमतिअनुसार बढ्नुपर्छ । तेस्रो मुलुकले लगानी गरेको विद्युत किन्दैनौं भनेर भारतले भनेको छ । ठेक्कामा तेस्रो मुलुक संलग्न भएको उत्पादित विजुली नकिन्ने भनेको छ । यो त भारतजस्तो ठूलो मुलुकलाई सुहाउने कुरा होईन ।’

उनले वार्ताको टेबुलमा बस्दा वार्ता राम्रो हुने गरेको तर कार्यान्वयनको तहमा जाँदा समस्या हुने गरेको टिप्पणी गरे । उनले भने,‘वार्ताको टेबुलमा बस्दा कुरा नाइस हुन्छ । कार्यान्व्यनमा जाँदा समस्या हुन्छ । भारत अहिले जुन ढंगले उदय भएको छ । उ विश्वकै लिडरसिपको ठाउँमा पुग्दैछ । उसको पनि अन्तर्राष्ट्रिय भूमिकामा विश्वसनीयता बढ्दै जान्छ । यहाँ अघि दीपकुमार उपाध्यायले उठाएको विषयमा मैले आपत्ति मान्नुपर्ने केही छैन् । सम्बन्ध राम्रो हुनुपर्छ । मित्रतापूर्ण हुनुपर्छ । तर, समस्यालाई यथावत राखेर होईन । समस्या समाधान गरेर जानुपर्छ ।’ उनले अहिलेको सरकारले सबैसँग राम्रो सम्बन्ध कायम गर्ने पनि विश्वास दिलाए ।

जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भोलि भारतले ७५औं स्वतन्त्रता दिवस मनाईरहेको छ । हाम्रो सम्बन्ध बहुआयामिक छ । राज्य–राज्यको सम्बन्ध, सरकारदेखि सरकारसम्म मात्रै सम्बन्ध सिमित राख्न सकिँदैन् । व्यक्तिगत सम्बन्ध छ । जनस्तरको सम्बन्ध छ । सांस्कृतिक रुपमा हाम्रो उन्नत सम्बन्ध छ । नेपाल र भारतका सार्वभौम जनता हुँदाुहादपैपनि पारिवारिक सम्बन्ध छ । सबै तहमा सौहार्दपूर्ण सम्बन्ध छ । तर, सरकारदेखि सरकारसम्मको सम्बन्धको कुरा गर्दा राष्ट्रिय स्वार्थको कारण समस्या देखिएको छ ।’

उनले आजको २१औं शताब्दीअनुसार दुई देशबीचको सम्बन्ध प्रगाढ भएर जानुपर्नेमा जोड दिए । उनले भने,‘नेपाली आँखाबाट हेर्दा, नेपाली हितको कुरा गर्दा भारत हाम्रो लागि ठूलो बजार छ। भारतको बजार हाम्रो उत्पादनमैत्री होस भन्ने हाम्रो चाहना हुनु स्वभाविक हो । हामीबीच व्यापार घाटा छ । अधिकांश व्यापार भारतसँग छ । भारतको ठूलो अर्थतन्त्र छ । पुँजीवादी व्यवस्थामा ठूलोले सानालाई थिचोमिचो भएको अनुभुति भएको छ । समस्यालाई यथावत राखेर जति बखान गरेपनि, यसले क्रोनिक रुपधारण गर्छ । भारतसँग ऐतिहासिक सम्बन्ध छ । यसमा भारत सरकार उदार हुनुपर्छ । नेपालमा भर्खरै सरकार गठन भएको छ । यो सरकारले छिमेकीहरुसँग खासगरी भारत र चीनसँगको सम्बन्ध अझै मजबुद बनाएर जानेछ । समस्या देखिएको छ, ती हल गर्न इमानदार प्रयास गर्नेछ ।’

उनले इलामका प्रेमप्रसाद आचार्यको आत्महादलाई राज्यद्धारा गरिएको हत्याको संज्ञा दिएका छन् । उनले भने,‘म एक नेपाली र जनप्रतिनिधिको नाताले मेरो मन चुँडिएको छ–हिजो संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुभयो, हामीजस्ता जनप्रतिनिधिको लागि एउटा ठूलो चूनौतिको विषय बनेको छ । यो बडो दुःखको विषय बनेको छ । यो आत्मदाह आत्महत्या होईन । राज्यद्धारा गरिएको विभेदको विद्रोह हो । यो राज्यद्धारा गराईएको हत्या हो । राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । मृत्यअगाडि उहाँले राखेका कुरा मार्मिक छ । राज्य जनताप्रति कति अनुदार छ भन्ने कुरा सबै छ । सरकारले उहाँको ऋण मिनाहा गरिदेओस । छोरीहरुको लालनपालन र पढाईको व्यवस्था गर्नुपर्छ । एक प्रकारको उहाँले क्रान्तिको ठूलो विगुल फुकेर देह त्याग गर्नुभएको छ । म उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु ।’

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । उनले भने,‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ । यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ । धार्मिक सम्बन्ध पनि प्रगाढ छ । आर्थिक रुपमा त्यस्तै सम्बन्ध छ । व्यापार सम्बन्ध छ । पारवान सम्बन्ध छ । सामाजिक रुपमा पनि हाम्रो सम्बन्ध राम्रो छ । नक्शाको विषय उठेको छ । हामी नजिक छौं, समस्या पनि छन् । भारतसँग नजिक भएकोले सिमा विवाद उठेको छ । यसलाई अब वार्ता, सहमति र सम्वादको माध्यमबाट हल गर्नुपर्छ । नयाँ प्रकारले सम्बन्ध अघि बढाउनुपर्छ ।’

पौडेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले विशेषगरेर तीन वटा कुरामा फोकस गरेको भन्दै त्यसमध्ये छिमेकसँग सन्तुलिन सम्बन्ध राख्नेपनि रहेको सुनाए । उनले भने,‘सरकारले पहिलो कुरा सुशासनको प्रत्याभुति गर्ने भनेको छ, दोस्रो कुरा थलथलिएको प्रणालीलाई सुधार गर्ने । र, तेस्रो भनेको मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुधार गर्ने । यो सरकारको प्राथमिकताभित्र पर्ने विषय पनि हो । आजको सम्बन्ध भनेको आर्थिक कुटनीति हो । डिजिटल र आइटीको सम्बन्ध हो । युग र प्रविधिको विकासले हामी अब नयाँ ढंगले अघि बढ्नुपर्छ । त्रुटि भएको ठाउँमा कुटनीतिक तवरले हल गर्नुपर्छ ।’

उनले नेपालमा विजुली उत्पादन बढि भएर अब बजारको समस्या आइरहेको कोट्याए । उनले भने,‘यसको लागि बजार सहजीकरण गर्न भारतले भूमिका खेल्नुपर्छ । अहिलेको सरकारले सम्बन्धको हिसाबले गर्दा भारतीय पक्षसँग त्यो प्रकारको कुरा राख्छ । हामीबीच धेरै बिग्रिएको छैन् । धेरै सप्रिएको पनि छैन् । ठीकै सन्तुलनमा छौं । असंलग्नता र पञ्चशीलको आधारमा हामी हाम्रो विदेश नीति सञ्चालन गर्छौं ।’

 

 



प्रतिक्रिया दिनुहोस्