Logo

भारतसँगको व्यापार घाटा कम गर्न विद्युतको निकासा गर्नुपर्छ, भारतले सहज भूमिका खेल्नुपर्छ : राजन भट्टराई



काठमाडौं, ११ माघ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उनले भने,‘नेपाल–भारत सम्बन्धको कुार गर्दा, भोलि भारत स्तवन्त्र भएको ७५औं वर्ष हो, नेपाल र भारतको सम्बन्धको कुरा गर्दा हामी नजिकका छिमेकी हौं । अरुसँग तुलना गर्ने ठाउँ छैन् । संस्कृति, आर्थिक, सामाजिक, धार्मिक यी सबै हिसाबले हामी नजिक हौं । हाम्रा धेरै पक्ष राम्रा हुादाहुँदैपनि कतिपय पक्ष मिलाउनुपर्छ । पूराना विषय समाधान गरेर जानुपर्छ । नयाँ विषय पनि थपिएको छ । इतिहासले छोडेको विषय, हामीले समाधान गर्ने प्रत्यत्नपनि गर्यौं ।’

दुई देशबीचका समस्या समाधानको लागि गठित इपिजीले प्रतिवेदन तयार पारेर बुझाउन खोज्दापनि भारतले नबुझेकोमा भने गुनासो पोखे । उनले भने,‘इपिजीको प्रतिवेदन लिन भारत हिच्किचायो । त्यो प्रतिवेदनले धेरै विषयलाई सम्बोधन गरेको थियो । प्रतिवेदन तयार पारेको पाँच वर्ष पुग्दापनि भारतले बुझ्न आलटाल गर्यो । समस्या समाधान गर्न प्रयास गरौं भनेका छौं । भारतीय राजनीतिक नेतृत्व, बौद्धिक नेतृत्व, नीति र निर्माणमा रहेकाहरले यस्तो विषयमा सहमति गरेर अघि बढेका विषयमा अब पर्खिएर बस्नुहुँदैन् ।’

भट्टराईले दुई देशबीच कतिपय पूराना विषय वार्ताको टेबुलमा बसेर टुँगो लगाउनुपर्ने पनि सुनाए । उनले भने,‘पूरानो विषय त छँदै छन्, नयाँ विषय पनि छन् । व्यापार घाटाको विषय छ । यो कुराको पनि सम्बोधन गर्नुपर्छ । व्यापार घाटा कम चाहीँ वस्तु उत्पादन गरेर हुँदैन् । हाम्रो अहिले भनेको विद्युत उत्पादन हो । यो भारत निकासा गर्दा व्यापार घाटा कम गर्न सकिन्छ । अहिले हामीले २००० देखि २२ सय मेगावाटसम्म उत्पादन गर्न सकेका छौं । पारस्परिक सहमतिअनुसार बढ्नुपर्छ । तेस्रो मुलुकले लगानी गरेको विद्युत किन्दैनौं भनेर भारतले भनेको छ । ठेक्कामा तेस्रो मुलुक संलग्न भएको उत्पादित विजुली नकिन्ने भनेको छ । यो त भारतजस्तो ठूलो मुलुकलाई सुहाउने कुरा होईन ।’

उनले वार्ताको टेबुलमा बस्दा वार्ता राम्रो हुने गरेको तर कार्यान्वयनको तहमा जाँदा समस्या हुने गरेको टिप्पणी गरे । उनले भने,‘वार्ताको टेबुलमा बस्दा कुरा नाइस हुन्छ । कार्यान्व्यनमा जाँदा समस्या हुन्छ । भारत अहिले जुन ढंगले उदय भएको छ । उ विश्वकै लिडरसिपको ठाउँमा पुग्दैछ । उसको पनि अन्तर्राष्ट्रिय भूमिकामा विश्वसनीयता बढ्दै जान्छ । यहाँ अघि दीपकुमार उपाध्यायले उठाएको विषयमा मैले आपत्ति मान्नुपर्ने केही छैन् । सम्बन्ध राम्रो हुनुपर्छ । मित्रतापूर्ण हुनुपर्छ । तर, समस्यालाई यथावत राखेर होईन । समस्या समाधान गरेर जानुपर्छ ।’ उनले अहिलेको सरकारले सबैसँग राम्रो सम्बन्ध कायम गर्ने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्