Logo

बागमतीमा मन्त्रिपरिषद्ले पायो पूर्णता– कसले कुन मन्त्रालय सम्हाले ? (सूचीसहित)



काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बुधबार मुख्यमन्त्री जमकटेलले ११ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

बागमतीमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाएर १४ वटा पुर्‍याएका थिए । तर, मुख्यमन्त्री जमकटेलले मन्त्रालयको संख्या कटौती गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।

यी हुन् बागमतीका मन्त्रालय र मन्त्रीहरु

मुख्यमन्त्री– शालिकराम जम्कट्टेल
आर्थिक मामिला तथा योजना मन्त्री– जगन्नाथ थपलिया
आन्तरिक मामिला तथा कानुन मन्त्री– गङ्गा नारायण श्रेष्ठ
वन तथा वातावरण मन्त्री– राजु बिष्ट
पर्यटन, उद्योग तथा सहकारी मन्त्री– डम्बर तामाङ
खानेपानी, उर्जा तथा सिंचाई मन्त्री– उद्दब थापा
भौतिक पूर्वाधार विकास मन्त्री– युवाराज दुलाल
कृषि तथा पशुपन्छी विकास मन्त्री– केशव पोख्रेल
श्रम रोजगार तथा यातायात मन्त्री– एकालाल श्रेष्ठ
स्वास्थ्य मन्त्री– रामेश्वर श्रेष्ठ
सामाजिक बिकास मन्त्री– कुमारी मोक्तान



प्रतिक्रिया दिनुहोस्