Logo

अधिवेशनको तयारीमा एकीकृत समाजवादी



काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी) ले वडा तहदेखि नै अधिवेशन गर्ने भएको छ । पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन जारी गर्दै अधिवेशनका लागि भनेका हुन् ।

अन्तर संगठन निर्देशनमा आगामी वैशाख १५ भित्रमा वडा अधिवेशन गर्न भनिएको छ । त्यसैगरी, पालिका तथा विशेष इकाइहरुको अधिवेशन २०८० वैशाख मसान्तभित्र र जेठ मसान्त सबै जिल्लामा गरिसक्न भनिएको छ । प्रदेश अधिवेशन भने २०८० कात्तिकभित्र गरिसक्न भनिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्