Logo

कर्णाली प्रदेश सरकारले पायो पूर्णता



काठमाडौं, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले बुधबार ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

कर्णालीमा माओवादीले मुख्यमन्त्रीसहित ४, एमालेले ३ मन्त्री पाएको छ । एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय, टेकराज पछाईले सामाजिक विकास मन्त्रालय र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, माओवादीबाट मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय, कृष्ण जिसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भीमप्रकाश शर्माले भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्