Logo

मन्त्रिपरिषद् बैठक : क्रसर उद्योगहरु खुल्न दिने निर्णय



काठमाडौं, ११ माघ । मन्त्रिपरिषद्को आजको बैठकले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय गरेको एक मन्त्रीले जनाए ।

गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेले जनाएअनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ । पाण्डेले फेशबुकमा लेखेका छन्-

मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरुलाई थप नियमन गर्नकालागि निम्न निर्णय गरेको छ :
– विना अनुमति संचालित सबै क्रसर उद्योग बन्द रहनेछ ।
– आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात पनि चलिरहेका क्रसर उद्योगहरु बन्द ।
– अन्यका हकमा मापदण्ड पुरा गर्नकालागि आगामी असार मसान्त सम्मको समय सीमा तोकिएको हो।


प्रतिक्रिया दिनुहोस्