Logo

युक्रेनलाई एकैदिन ट्याङ्क दिने अमेरिका र जर्मनीको घोषणा



एजेन्सी । अमेरिकी सरकारले गत बुधबार युक्रेनलाई एम-१ अब्राम ट्याङ्क दिने निर्णय गरेको छ। तर बाइडेन प्रशासनको यो निर्णयले विगत केही महिनादेखि रुस र युक्रेनबीच जारी युद्धको अर्को चरणलाई असर गर्ने छैन।

बाइडेन प्रशासनले यी ट्याङ्कहरुलाई युक्रेन पठाउने निर्णय यू-टर्न हो। किनभने अमेरिकी रक्षा मन्त्रालयले लामो समयदेखि यी ट्याङ्कहरु युक्रेनी युद्ध क्षेत्रका लागि उपयुक्त नभएको भन्दै आएको छ।

तर अमेरिकाको यो निर्णयले पक्कै पनि परिवर्तन गरेको छ। र यो परिवर्तन जर्मनीले लिएको निर्णयमा देखिन्छ।

युक्रेनका लागि अमेरिकाका पूर्व विशेष प्रतिनिधि रहेका कर्ट वाँकरका अनुसार बाइडेन प्रशासन को यो कदमले जर्मनीको लेपर्ड २ ट्याङ्क पठाउने फैसलाको मद्धत गर्नेछ।

युक्रेनका पश्चिमी सहयोगीहरु चाहान्छनकी अगामि ६ देखि ७ हप्तामा युक्रेनसँग रहेका बख्तरवन्द गाडिहरुको संख्यामा वृद्धिहोस् ताकि युक्रेन रुसी हमलाहरुको सामना गर्न सकोस्।

तर अब्रामको युद्ध क्षेत्रसम्म पुग्नु र युक्रेनी सैनिकको यी गाडीहरुलाई चलाउन प्रशिक्षित हुनलाई केही समय लाग्छ।

एम१ अब्राम ट्याङ्की तुलनामा जर्मनीको लेपर्ड २ ट्याङ्क अपेक्षाकृतरुपमा धेरै चाँडो र सजिलोसँग युद्ध क्षेत्रमा प्रयोग गर्नसकिन्छ।

अमेरिका र जर्मन अधिकारीहरुले सार्वजनिकरुपमा यी दुई विषयमा केही बोलेका छैनन्।

तर यी दुईदेशहरुले एकै दिन आफ्ना ट्याङ्कहरु युक्रेन पठाउने घोषणा गरेर पश्चिमी देशहरुबीच बढ्दो बिवादको प्रतिवाद गर्ने कोषिस गरेको छ।

photo : GETTY IMAGES



प्रतिक्रिया दिनुहोस्