Logo

पाकिस्तानको डरलाग्दो अवस्थाका कारण एक व्यक्तिले दिए आफ्ना तीन छोरीलाई विष



एजेन्सी । पाकिस्तानको आर्थिक बदलावका कारण त्यहाँका मानिसहरुलाई शारिरिक र मानसिकरुपमा ठूलो असर परिरहेको छ। बेरोजगारी र गरीबीबाट पीडित एक मानिसले आफ्ना तीनवटा छोरीहरुलाई विष सेवन गराए र आफूले पनि सेवन गरेका छन्।

यस घटनामा ती मानिसका एक छोरीको मृत्युभएको छ।

उनका तीन छोरीहरुको उमेर क्रमश: ७,१० र १३ वर्ष रहेको छ। विष सेवनका कारण जेठी छोरीको अस्पतालमा मृत्यु भएको हो।

पाकिस्तानको पत्रिका द एक्सप्रेस ट्रिब्यूनअनुसार घटना लाहौरको बाहिरी रायविंड सिटीको हो। ती मानिस बेरोजगारी र महंगाइबाट पीडित रहेका थिए। उनी मानसिक तनावबाट पनि गुज्रिरहेका थिए।

ती मानिसको भनाइअनुसार बढ्दो महंगाइ र पैसाको अभावका कारण उनी आफ्नो परिवारको आवश्यकता पूरा गर्न सकेका थिएनन्।



प्रतिक्रिया दिनुहोस्