Logo

आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’



काठमाडौं, १२ माघ । नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडि आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् ।

गत फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड पाएका हुन्।

आईसीसीले स्पिरिट अफ द क्रिकेट(खेल भावना) अवार्ड आसिफलाई दिएको हो।

योसँगै आसिफ आईसीसीको वार्षिक अवार्ड पाउने पहिलो नेपाली क्रिकेटर हुन्।



प्रतिक्रिया दिनुहोस्