माओवादीले राष्ट्रपतिको निर्वाचनमा सहमति खोज्ने, अर्को बैठक माघ १६ गते


काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भएको छ।

आज बसेको स्थायी कमिटी बैठकमा यस्तो निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

सो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो ।