Logo

‘बिजनेस’ अभावले भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प



बुटवल, माघ १४ । नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो ।

गत जेठ २ गते विमानस्थल उद्घाटन समारोहमै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले केही महिनाभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भैरहवा आउने बताएका थिए । श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो ।

विमानस्थलका प्रवक्ता सुभाष झाले सेप्टेम्बरदेखि भैरहवा–आबुधाबीका लागि बिज एयरवेजले सातामा तीनवटा उडान गर्नेगरी प्रक्रिया थालिसकेको त्यतिबेलै बताएका थिए । तर अहिले ‘बिजनेस’ अभावको कारण देखाउँदै बिज एयरवेज पछाडि हटिसकेको छ ।

भैरहवाबाट उडान गर्न आतुर रहेका भनिएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एकाएक किन पछाडि हटिरहेका छन् त रु यसको जबाफ न प्राधिकरणसँग छ, न सरकारसँग । बरु यसअघि सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्दै आएको जजिरा एयरवेजसमेत भैरहवाबाट काठमाडौं नै फर्किएको छ । चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्स पनि फर्केर काठमाडौं गएको छ । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्