Logo

रबि लामिछाने नेपाली नागरिक हैनन्– दिनेश त्रिपाठी (भिडियोसहित)



काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रबि लामिछाने नेपालको नागरिक नै नभएको टिप्पणी गरेका छन् । शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा उनले रबिले अमेरिकी नागरिकता त्यागेको निस्सा सम्बन्धित अधिकारीकोमा दर्ता नगराएको अबस्थामा नागरिकता निष्क्रिय रहने र एकपटक नागरिकता त्याग गरेको व्यक्तिलाई पुनः नागरिकता नलिएसम्म नेपालको नागरिक मान्न नसकिने बताएका हुन् ।‘उहाँ नेपालको नागरिक रहनु भएन । अनागरिक भन्नुस् वा नेपालको नागरिक रहनु भएन । अब उहाँले पुनः नागरिकता प्राप्त गर्नसक्नु होला । त्यसको लागि त प्रकृयामा जानु पर्‍यो नि,’ उनले भने ।

विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तिको प्रकृया अनुसार सम्बन्धित अधिकारी समक्ष दर्ता नगराएसम्म त्यस्तो नागरिकताको कुनै औचित्य नरहने उनको दाबी छ । ‘विदेशको नागरिकता त्याग गरेपछि नेपालको नागरिकता पुनः प्राप्तिको प्रकृया छ । त्यो प्रकृयाभित्र छिनुपर्यो । रबि लामिछानेको हकमा सर्वोच्च अदालतले के ठहर गर्‍यो भने त्यो प्रकृयाभित्र पुरा गरेको देखिएन । उहाँको नेपालको नागरिकता क्रियाशिल छैन,’ उनले भने ।

नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको उनले बताए । राजनीनिक अधिकार नागरिकको विशेषाधिकार भएको भन्दै उनले गैरनागरिकले राजनीतिको कुनै अभ्यास गर्न नसक्ने उनको दाबी छ । रबिले अब नागरिकता नलिएसम्म सार्वजनिक पद धारण गर्न नसक्ने र रबिको फैसलाले अहिलेको सत्ता गठबन्धनलाई धक्का लाग्ने त्रिपाठीको दाबी छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्